Saturday, August 7, 2010

गजल - वसमा छैन वासना !

शिव प्रकाश

वसमा  छैन  वासना, फूलको  के  दोष ?
तिर्सना  छैन  मनमा, मूलको  के  दोष ?

लुकाएँ मनको माझमा, देखेनौ  तिमीले
सजाएँ दिलको दिवारमा, तुलको के दोष ?

हराएँ स्वप्निल संसारमा, बिसाएँ मलाई
निदाएँ प्रेमको छायाँमा, सुकुलको के दोष ?

देखायो एक मनले, गरेटो अर्को मनको
खुला छ दिलको द्वार, चुकुलको के दोष ?

वर्सियो  रुपको   बर्षा,  रूझायो  मलाई
जोडिए  दुई  किनारा, पूलको के  दोष ?

वसमा छैन वासना, फूलको  के  दोष ?
तिर्सना छैन मनमा, मूलको  के   दोष ?

बोस्टन, अमेरिका । जुलाई 27, 2010

2 comments:

  1. निदाएँ प्रेमको छायाँमा, सुकुलको के दोष ?
    जो आफ्नो बसमै छैन, किन बिना काम टेन्सन लिने होला है मान्छे र मान्छेकृत सबै।
    सुन्दर वाह...

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !