Wednesday, September 15, 2010

नभए नि धनको धनी

शिव प्रकाश
नभए नि  धनको धनी, मनको धनी थियो सधैं
हराउँदा अन्धकारमा, प्रकाश  बनी  दियो सधैं ।।

विर्सिएर मनको साथी, अनुहारमा  नझल्के नि
बल्छ होला मनमा कतै, सम्झनाको दियो सधैं ।।

तराजुमा त्यो दौलतको, खुशी पाउन जोखिएर
किन गाड्यौ मन मुटुमा, दुःखीरहने सियो सधैं  ।।

किन खान्छ मान्छे कसम, कसम तोडी जाने भए
बल्झिएछ  दिलको घाउँ, दमन  गर्न  पियो सधैं  ।।

सुख  मात्र जीनव  भए, जग्मगाउथ्यो  घाम  सधैं
छेडी जान्छु आकास भन्ने, बाँस किन नुहियो सधैं ?

बोस्टन, अमेरिका ।
अगष्ट २८, २०१०

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !