Thursday, October 14, 2010

गीत (नेपाली भइ बाँच्न देउ ...)

शिव प्रकाश

नेपाली हुँ म, नेपाली भई, बाँच्न देउ मलाई
जहाँ म जाउँ, नेपाली भई, हाँस्न देउ मलाई ।

एउटै हो देश,  नचिर  मलाई, प्रदेशका रेखाले
नेपाली सबै,  भावना एकै, विचारका  चिराले,
आमा हुन् उनै, जननी नेपाल, धरतीकी गौरव
भाषा छन् अनेक, जात र जाति, सुभास-सौरभ ।


साइनो  एउटै, माटोको  हाम्रो, जात हो नेपाली
तराई-पहाड,  हिमाल  बासी, एकै  हौं नेपाली,
विर्सन्न कहिल्यै, नेपाली मन, नेपाली भन्नलाई
स्वदेश र परदेश, जा' रहे पनि, नेपाली बन्नलाई ।

नोभेम्बर ०८ २०१० ।

3 comments:

  1. सुन्दर भाव सहितको मिठो गित शिव प्रकाश जी !
    मेरो तर्फबाट तपाइँ लगायत सम्पूर्ण मित्रहरु , आफन्त र देश विदेशमा रहनु हुने नेपालीहरुमा यस पालिको बिजय दशमीको पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
    धन्यबाद ! शुभ होस् ! शुभ रहोस ! Happy Bijay Dashami …

    ReplyDelete
  2. देशको गौरव बेकेको मिठो गीत गाईरहू जस्तो । सबैको मनमा यो गीतको जस्तै भाव जागृत होस्।
    बडा दसैंको मंगलमय शुभकमना शिव जी।

    ReplyDelete
  3. लयदार,मिठो,राष्ट्रप्रेमी र स्तरीय !

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !