Saturday, October 30, 2010

गीत (प्रेम पनि अब..)

शिव प्रकाश
प्रेम पनि अब यहाँ  हार–जितको खेल भयो
जन्मदै म हारेको थेँ, जित आखिर तिम्रै भयो ।।

जिन्दगी यो जिन्दगी हो बाँच्नै पर्ने हुन्छ यहाँ
पीडा लुकाई छातीभित्र  हाँस्नै पर्ने हुन्छ यहाँ
जे जे आखिर हुनु थियो,  जीवनमा भइरह्यो
एक्लो यो मन रुनु थियो, एक्लै सधैं राइरह्यो

रमाए म तिम्रो जितमा दःखसँगै दुःखै बाँडी
साक्षी बने तिम्रै जितको पीडासँग पीडै साटी
खुशी बनाए तिमीलाई,  हराएर  आफूलाई
कस्तो खेल खेल्नु पर्यो धन्य ठाने दैव तलाइँ ।

अक्टोबर ३०, २०१०
बोस्टन, अमेरिका ।

1 comment:

  1. धेरै पछी मिठो गीत सुन्न आइपुगे । सुन्दर छ। नजिकै आइरहेको दीपावलीको मंगलमय शुभकामना शिव जी यहालाई ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !