Tuesday, November 23, 2010

दुई मनको एक कथा



शिव प्रकाश
दुई  मनको एक  कथा,  लेखिएछ बालुवामा
तस्वीर बनी पोखिएछ, शीत बिन्दु पालुवामा ।

छाल आ बगाई लग्यो, खोज्दाखोज्दै गहिराई
उडाई  लग्यो तस्वीर त्यो, कतैबाट हुरी आई Û
आकाश बनी ढाकिदिन्थे, आफ्नै ठानी तिमीलाई
धरती बनी ओढिदिन्थौ, त्यो मनले यो मनलाई ।।

नसा-नसा  बगिदिन्थे,  नशा बनी  मदहोसमा
तिर्खा बनी पिइदिन्थ्यौ, प्यासी  तिमी बेहोसिमा
मनको बाटो गरी आयौ, जिन्दगीमा तिमी छायौ
अर्कै बाटो रोजी गयौ, दुई दिनको छायाँ भयौ ।।

बोस्टन, अमेरिका । नोभेम्बर २३, २०१०

1 comment:

  1. finely constructed and written...beautiful
    -pratibha

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !