Monday, November 29, 2010

बनाएर ति’म्ले आफै....


शिव प्रकाश

बनाएर  तिम्ले आफै, भत्कायौ फेरि किन ?
उही ढुङ्गो ढोगी हिड्छौ, लत्यायौ फेरि किन ?

सजिलो छ  भत्काउनबन्चरो  चलाउन
भत्काउनु थियो भने, पत्यायौ फेरि किन ?

थाम्थे  होला बरु तिमी, पहाड बनी  आए
पहिरो भै आई तिम्ले, अत्यायौ फेरि किन ?

बाँस पनि छेड्छु भन्दै, आकाश ताकी जान्छ
बाँसै सम्झी आफूलाई, मत्यायौ फेरि किन ?

जिन्दगी यो जिन्दगी हो, भोगाइ आफ्नु आफ्नु
बाँकी खुसी अलिकतिहत्यायौ  फेरि किन ?

दुःख रोपे  दुःखै फल्छ, आखिर रोपी छोड्यौ
भोलीलाई  भुली तिम्ले, सतायौ फेरि किन ?

नोभेम्बर २९, २०१० बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !