Sunday, November 14, 2010

पतन गर वीर्यहरु !

 शिव प्रकाश 
पतन गर वीर्यहरु 
भड्खालामा / खोल्सामा / पँधेरामा 
नजन्माउ कुनै सन्तान्
वीर्यका बाछिटाले नुहाउने 
यौन सुन्दरी पिंगलाहरु 
पहिरेर नारी अलङ्कार 
शहरका गल्लीहरुमा 
सतिसावित्रीको अभिनयमा 
सीताको आँलच-अस्तित्व 
निश्छल सतित्वमाथि 
धब्बा लगाउने छोरीहरु !
पतन गर वीर्यहरु 
ओछ्यानमा / रछानमा / पाइखानामा 
नजन्माउ कुनै सन्तान् 
मानवतामाथि धावा बोल्ने 
सृष्टिका सुन्दर सृजानाहरू
लहलहाउदा यौवनाहरु च्यात्ने 
द्रौपदीहरु लुछ्ने दुशासनहरु
पुरुषत्वका नाउँमा 
स्त्रीत्व-अस्मिता लुटेर 
यौन उन्माद मनाउने 
मान्छेको छाला ओढेका छोराहरु ! 
पतन गर वीर्यहरु 
हातमा / खेतमा / झारपातमा 
नजन्माउ कुनै सन्तान
धरतीका बोझ 
अनायास हाँसेर बाँचिरहेकाहरु 
बाँचेर मरिरहेकाहरु 
मान्छे जस्ता देखिने 
नपुङ्सक मान्छेहरु ! 

जूलाई २९, २००७

1 comment:

  1. शिव दाइले निकै आक्रोश पोख्नु भएछ !
    प्रस्तुती नी निकै राम्रो र प्रशंसनीय रहेको छ !
    तर दाइ अलिकति भाव कता जादै छ भनेर विचार गर्नु पर्छ कि - ?
    किन भने विर्य पतन गर नपुङ्सक मान्छेको छाला ओढेका छोराहरु ... भन्ने कुरा उल्लेख गर्नु भएको रहेछ तर नपुङ्सकको विर्य त पतन गरे नी नगरे नी त्यसको औचित्य नै छैन नी - त्यस्तो विर्यबाट सन्तानोत्पादन हुदै हुदैन नी अनि - किन पतन गराउ भने -थेगो जोड्ने नी ! यो अलिक विरोधआभास कुरो भएन र ? विचार गर्ने कि ?
    शिली ठिक छ दाइ ! सानो मुख ले ठुलो बोल्न त नहुने हो (सरि है दाइ ) मनमा लागेको कुरा भने है !

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !