Tuesday, December 7, 2010

भैरवी (एक)

शिव प्रकाश


भदौको घाम ठन्टलापुर छ । गर्मी हप्प छ । लाग्छ संसारै तातेको छ गुम्सिएको छ । उकुसमुकुस छ । उदिग्न र आतुर भाव अनि मनमा अथाह बेचैनी बोकेर कजिनी जलवीरेलाई पर्खिरहेकी छे । गुवालीमा गाई ग्वाँ ग्वाँ कराइरहेको छ, एकहोरो । उसलाई थाह छ, गाईले साँढे खोजेको Û
घरधन्दा सकेर उ गाई लिएर बेलेपुर तिर जाने तरखरमा छे, बाली लाउन ।
उ अहिलेसम्म आएको छैन । त्यो कतिखेर आउने, नुहाउने अनि उसलाई भात खान दिएर कतिखेर हिड्ने होला Û
हतारामा छे कजिनी । आज उसले किन ढिल्यो ? गर्यो कि उ फेरि त्यही गयो, धन्धोरा कहाँ ? उसको मन काजीटोलबाट सितुमारीतिर पुग्छ । कालीकाली चटक्क बाटुलो अनुहार परेकी धन्धोरा सितुमारीमा बस्छे ।
माथि माटनको बुर्जाकोठामा बसेर कजिनी जलबीरे आउने बाटातिर आँखा विछ्याएर बसेकी छे । काजीबुढा दिउँको भात खाएर आराम गर्ने कोठामा निदाइसकेको छ । कजिनी घरी गाईतिर हेर्छे, घरी बाटातिर Û
यता जलबीरे कतिखेर आउँछ भन्ने छटपटी छदैछ, उता गाई लिएर कतिखेर जाउँ भन्ने पनि लागेको छ । भित्रभित्रै अलिकति आकुलताव्याकुलता, छटपटी अनि रिस र डाहा पनि छ । आज पनि उ पक्कै त्यही धन्धोराका तिर गयो, नत्र यति ढिलो किन हुन्थ्यो ? कजिनीलाई मनको बागले खान थाल्छ, मन उतै पुग्छ । कि अन्तै कतै गयो ? कि खेतमै काम गरिरहेको छ  ? गयो, गएन हो, होइनको दोहरी चलेको छ मनमा ।
जलबीरे टुप्लुक्क आइपुग्छ । उ त्यो घरको हली हो ।
पसिनाले निथ्रुक्क भिजेको शरीर, थकित अनुहार देखेर त्यो भदौरे तातोको वाफिलो वातावरणमा पनि कजिनीको मन चिसो हिउँको डल्लो जस्तो हुन्छ । उ पक्कै धन्धोरा कहाँ गएर आएको हो, अनुहार नै थकित छ Û भित्रभित्र मुरमुरिन्छे तर आफूलाई शान्त र स्वाभाविक बनाउदै सॊध्छे आज किन यति ढिलो गरेको कतै गयौ कि क्याहो मुखिया दाई ?Ú
हैन खेतमै ढिलो भयो, मान्छे कुलाको पानी मार्न आए त्यसैले ।Ú  स्वाभाविक छ जलबीरेको जवाफ ।
ल चाडै नुहाइधुवाई गर, अनि खाना खाने होइन ?Ú
उ सहमतिको टाउको हल्लाउँदै तौलिया बोकेर कलधारा तिर लाग्छ । कजिनी माथि बुइँकलको कोठातिर लाग्छे । सधैं जसो झ्यालको छेउमा बसरे जलबीरे नुहाएको हेर्न थाल्छे । उ सबै काम छोडेर भए पनि उ नुहाएको सधैं हेरिरहेकी छे वर्षौदेखि Û जलबीरेका वलिष्ठ पाखुरा, बाँधिएको छाती, बटारिएका तिघ्रा हेर्न उ सधै लालयित छे । झ्यालको पर्दा अलिकति खोलेर उ एकतमासले जलबीरेलाई हेरिरहन्छे । यो हेराई उसको दिनचर्याभित्र पर्छ । खुला आँगनमा भएको कलधारामा जलबीरे नुहाएको हेर्दा कजिनीलाई बेग्लै सन्तुष्टि र आनन्द हुन्छ । उसलाई डर छ कतै हलीले मलाई हेरिरहेको त छैन ? अनि अरु कसैले देखिरहेका त छैनन् Û मनमा सर्तकताका घण्टी बजाउँदै आफ्ना प्यासी आँखालाई तृप्त गराउँछे ।
ल भात पस्किसकेँ भात खान आऊ Ú  जलबीरे ढोकाको छेउमा काठको पिरामा टुक्रुक्क बसेर निहुरमुन्टी लगाई भात खान थाल्छ ।
धन्धोरा र तिम्रो बारेमा गाउँमा हल्लीखल्ली नै चलेको छ नि ÛÚ कजिनी मनको छटपटी नजानिदो पाराले पोख्छे ।
हैन मालिक्नी Û यी मान्छेले के के भन्छन् मलाई थाह पनि छैन, मतलब पनि छैन । समाज भनेको पनि यिनै मान्छे हुन् केरे । मलाक्यै पर्वा छैन यो समाजको । मुइले पाप गरेको छैन केरे, मेरो यो भित्री मनले चै  तेसलाई छोएको छ, तर शरीजले अहिलेसम्म छोएको छैन । खाको नपचे पछि एस्तै हल्ला गर्छन् !Ú
कजिनी लामो शास फेर्छे । हलुको महशुस हुन्छ । मनमनै भन्छे धन्य Û मैले जे सोचेको थियो त्यो भएको रहेनछ ।Ú
जलबीरे केही नबोली भात खाइरहेछ । कजिनी एकहोरो उसैलाई हेरिरहेकी छे । उसका अंगअंग नियालीरहेकी छे । उसले एउटा धर्के कट्टु लाएको छ बाँकी शरीर खुल्ला छ । घामले डढेर कालोकालो भए पनि खँदिला मांसपेसीले भरिएको चौबीस पच्चीस बर्षे मस्त नौजवान जलबीरेको आकर्षक शारीरिक बनावट कजिनीका आँखाका साथी भएको छ । आँखैमा झुण्डिएर बसेका छन् उसका शरीरका अवयवहरु सधैं हेरिरहुँ लाग्ने गरि Û
मालिक्नी गाई कराइरहेको छ, म लिएर जाउँ ?Ú
हैन हैन Û तिमी एकछिन आराम गरेर बाह्रबिगेमा पानी पटाउन जाऊ, म जान्छु गाई लिएर ।Ú
कजिनी गाई डोर्याउँदै बेलेपुरतिर लाग्छे । बेलाबेलामा गाईलाई हेर्छे, सुमसुम्याउँछे गम्भीर हुन्छे अनि सोच्छे यी पशुहरु निर्धक्कसाथ आफ्नो तृष्णा व्यक्त र्गछन् । यी जनावरसँग भाषा छैन तर बोली छ । आकाङ्क्षा छैन तर आवाज छ । हामी यिनको बोली बुझ्छौ, आवाज सुन्छौ । भगवान् Û मलाई पनि जनारवर बनाइदिएको भए ममाथि न्याय हुने थियो Û
भैसीलाई राँगो, गाईलाई साँढे, बाख्रीलाई बोको लाउने काममा सधैं कजिनी नै जान्छे । गाउँलेहरु कहिलेकाहीँ व्यङ्ग्य गर्छनए कजिनी साब् Û घरमा दुईतीन नोकरचाकर छन्, यो गाईबाख्रा डोर्याउने काममा किन सधैं तपाइँ नै पर्नुहुन्छ हँ Û  sss… यस्तै हो भन्दै प्रतिकात्मक उत्तर दिँदै हाँसेर यसै टारिदिन्छे ।
गाई देख्ने बित्तिकै साँढे बुर्कुसी मार्दै आउँछ । हत्पत् गाई किलामा बाँधेर अलि पर बसेर कजिनी साँढेको तमासा हेर्ने थाल्छे, एककोहो हेरिरहन्छे । साँढे आरोहण अवरोहण सुरु गर्छ । हेर्दा हेर्दै चारपाँच पटकै गाईलाई छोडेर साँढे अर्कोतिर मोडिन्छ । उसलाई भने साँढेको त्यो चर्तिकला अझै हेरुँ हेरुँ लागिरहन्छ । गाई डोर्याएर साढे छेउ लान्छे तर साँढेले वास्तै गर्दैन, आफ्नु बाटो लाग्छ । उताबाट माथ्लो गाउँको बन्झडु कोरली लिएर साँढेतिर आउँदैछ । कजिनीमा एउटा गम्भीर मनोबैज्ञानिक प्रवाह उत्पन्न हुन्छ सोच्छेए यो साँढे पनि यी लोग्नेमान्छेहरु जस्तै पो रैछ । पक्कै यसले पनि कोरली देखेपछि मेरो यो तीनबेते गाईलाई वास्ता नगरेको हो Û
साँढेको पछिल्लो चर्तिकला हेर्न उ त्यही उभिइरहेकी छे । उसका आँखा अझै लालयित छन् । ती दृष्यहरु अझै बारम्बार दोहरिरहुन जस्तो लाग्छ । तर साँढे त्यो कोरलीतिर पनि हेर्दै नहेरी आफ्नो बाटो लाग्छ ।
अलच्छिना साँढे चाडै अघाएछ Ú  भित्रभित्रै आफैसँग आफै हास्छे । गाई डोर्याएर हिडछे ।
कजिनीको मनमा एक्कसी चिसो पस्छ जलबीरे पनि कतै यही साँढे जस्तै अघाएको त छैन Û आज पनि उ ढिलो आएको थियो, बेलाबेलामा ढिलो आउँछ । कहिलेकाहीँ रात बिताउन पनि अन्तै जान्छ Û धन्धोराको साँढे त भएको छैन जलबीरे Û  धन्धोराप्रति डाहाभाव भित्रभित्रै बढ्दै जान्छ । सोच्छेजलबीरेलाई मनबाट उखेलेर फ्याकिदिन्छु । आखिर यो मेरो घरको नोकर त हो नि Û म त मालिक्नी हुँ त्यसमाथि कजिनी Û मभित्र बसेको जलबीरेलाई मैले मार्नै पर्छ । मेरो भावनाको जलबीरेको हत्या मैले गर्ने पर्छ ।
तर्कना वितर्कनाका अनेक पाटा र बाटा छिचोल्दै कजिनी आइरहेकी छे । घाम अस्ताउन लागेको छ । पश्चिमी आकासमा लालीमा विस्तारै चढ्दै छ । डगरमा उनका पाइला सुस्तरीसुस्तरी बढ्दै छन् । दिनभरी चरेर उग्राउँदै घरगोठ फर्किने बस्तुभाउको दोहोरीलत्ता छ । उनका आँखा एकाएक बाख्रीबोकाको खेलमा पर्छन् । पाइला टक्क रोकिन्छन् । मनमा उभ्रेका उच्छवासहरु त्याहाँ पोखिन थाल्छन् । बाख्री हिड्दैछे, बोको हान्निएर जान्छ । बाख्री टक्क रोकिन्छे । हिड्ने र रोकिने कृया र क्रम केही समय निरन्त हुन्छ । साँढेकै जस्तो बोकाको चर्तिकला चलिहन्छ उसका आँखा फेरी एकहोरिएका छन् । साँढेको भन्दा झण्डै दोब्बर शक्ति देखाउँछ बोकाले । उ चकित हुन्छे र मनमनै भन्छेसाँढे भन्दा बोको धेरै बलियो हुदो रैछ असत्ति साँढे ÛÚ
साँझ भए पनि माथ्लो खेतको पोखरी डिलमा गाचराएर लाने निधो गर्छे । कजिनीका आँखा जलक्रिडा गरिरेहका हाँसका बथानमा पुग्छन् । स्वच्छन्द तैरिहेछन् त्यो नीलो तलाउँमा ती पंक्षीहरु । न कुनै पीडा, न कुनै कुण्ठा, न कुनै व्यथा, न कुनै तनाव Û कति स्वतन्त्र छन् यी पंक्षीहरु Û यी बस्तुभाउहरु Û सोच्दासोच्दै छेउमा त्यही कतै प्रणय प्यास मेटिरहेका एकजोडी हाँसमा उनका आँखा पुग्छन् । दुबै आँखा फेरि एकहोरिन्छन् । भित्रभित्रै दमित कामवेगहरु हाँसका जोडीमा अवतरित हुन्छन् मैले सायद पूर्वजन्ममा ठूलो अपराध गरेको थिएँ र त मेरो जीवन छ तर जिन्दगी छैन । जिन्दगी बिनाको यो जीवनको साथी पीडा, कुण्ठा र कामनाहरुमात्र भएका छन् । भगवान् Û मलाई मान्छेको यो रुपमा यो जीवन किन दियौ ÛÚ
रात झमक्कै भैसकेको छ । कजिनी गुवालीमा गाई बाँध्छे र आँखा चारैतिर डुलाउँछे । सबै कुरा जहिँको तहीँ जस्ताको तस्तै छ तर उनले जे खोजेको त्यो छैन । बारीतिर जान्छे त्यहाँ पनि छैन । खोले पकाउने चौकातिर जान्छे त्यहाँ पनि छैन । कतै छैन Û अँध्यारो बाक्लै भैसकेको छ । तै पनि डरगतिर आँखा लाउँछे, त्यता पनि छैन । जलबीरे कतै छैन Û मकैका खोस्टा निकाल्ने निहुँले गुवालीको मचानमा जान्छे त्यहाँ पनि छैन Û जलबीरे त्यही मचानमा सुत्ने गर्छ तर कतै छैन Û मनबाट जलबीरेलाई फ्याकिदिन्छु भने पनि आँखाले उसैलाई खोजिरहन्छन् । आउला नि त भन्ठानेर नबुझेको चित्त जबरजस्ती बुझाउँछे ।
काजीको मन आज बढी नै सन्किएको छ । औंसीपूर्णेमा सन्किने रोगले झन् बढी छोप्छ उसलाई । मनमा भित्रभित्रै सधै शंका उपशंकाका खेति गरेर बसेको गाजी एक्कासी गर्जिन्छ । कसलाई खोजेकी धुइँपत्ताल ? जलबीरेलाई ÛÚ  कजिनी केही बोल्दिन ।
ए कजिनी Û त गाईलाई साँढे लाउन गाथिस् कि साँढे खोज्न ?  भेटिनस् बाटोमा र यहाँ पनि खोजिरहेकी छेस Û सधैं यस्तै बकबकाइरहने त हो नि भन्ठानेर कजिनी फेरि पनि केही बोलिन ।
किन बोल्दिनस्, जलबीरे खोइ त, आएन तँसँग फर्केर ?
कति रुखो यो मान्छे, मरुभूमिको बुटो जस्तो Û यसको मुखले मलिन र मीठो शब्द कहिल्यै बोलेन । आखिर उसको नाउँ जलबीर मुखिया हो । गाउँका सबैले मुखिया भाइ, मुखिया दाइ भन्छन् तर यसले कहिल्यै ओकलेन । सधैंको जलबीरे Û
सधै हान्ने गोरुका जस्ता आँखा र भुत्भुते खनिएको जस्तो मुख ÛÚ
कजिनीले झोक्किदै उत्तर दिन्छे Û
पोल्टाँ लिएर हिडेकी छु । आफू जस्तै सोच्छौ सबैलाई Û सधैको करकर–सधैंको करकर Û
गोरुलाई साँढेको आरिस त लागि हाल्छ नि ÛÚ  कजिनी भुतभुताउँदै भान्सातिर छिर्छे । चुलोचम्को गर्न थाल्छे । सुत्नेबेला भै सक्यो तर जलबीरे आएन । अहिलेसम्म आएन Û कता गयो होला आज फेरि त्यो । उही धन्धोराका तिर गयो कि सधैं भनेर जान्थ्यो । तर आज भन्न पनि कसलाई भनोस्, म अबेला आएँ । यो गज्जे काजीलाई कसैले कही भन्दैनन् । कसैलाई खुसी पारेर राख्न सकेको भए पो भनुन् । फुटेका आँखाले देख्न सक्दैनन् यी काजीका खलक कसैलाई । बरु माथ्लो गाउँका भकभके काजी ठीक छन्, बुढा मान्छे Û मुखले फतफत् गरे पनि मन सफा छ तिनको । अलिकति धार्मिक र मानवीय स्वभावका छन् । यी त पापी नै हुन् । पापै पापको पोका भरिएका भँडार हुन्, यी गज्जे काजी । नाउँ गजिन्द्र भएर के गर्नु सबैले गज्जे भन्छन् । बेहोरा अनुसारको नाउँ मिलाएरै बिगारिदिएका छन् ।Ú
उ भित्रभित्रै छटपटाउँछे । जलबीरेलाई नदेख्दा उ प्रतिको चाहना झन्झन् वढ्न थाल्छ । जलबीरेलाई अब म सदाका लागि विर्सन्छु भन्ने कजिनी उसलाई नदेख्दा झन् प्यासी हुन्छे । जलबीरेलाई हेरेर कहिल्यै नअघाउने भोका आँखाहरु झन् भोकाउँछन् । उ तलमाथि गर्छे । ओहरदोहर गर्छे । छटपटी पीडा र आतुरताहरु भित्रभित्रै झन उद्वेलित हुन थाल्छन् ।
रानो हराएको मौरी जस्ती किन रन्थनिएकी ? ए कजिनी Û तेरो बाजे त्यै भुस्तीघ्रे जलबीरे नदेखेर तिल्मिलाएकी हैनस्, म सबै बुझ्छु । यो साठी वर्षे तालु त्यसै खुलिएको छैन । तेरो चालामाला म सबै विचार गरिरहेको छु । तँ डंकिनी Û भेट्लिस् अब तेरो साँढलाई ÛÚ  काजी फेरि बौलाउँछ ।
तँ डंकिनी Û भेट्लिस् अब तेरो साँढलाई ÛÚ  बौलाहा काजीको बन्चरोरुपी त्यो बोली कजिनीका कानमा बारम्बार प्रतिध्वनित भइरहन्छन । अन्धाका अघि रूनु फ्नै ँखा गुमाउनु हो, कजिनी केही बोल्दिन ।
कतै मुखिया दाइको नियति पनि...... Û  कजिनीको मन चिसो हुन्छ । भित्रभित्रै खहरे उर्लिएकी कजिनी एकएक सपक्कै सुक्छे । काजीप्रति उसको रिस, धृणा र आवेगको आगो झन् दन्दनी बल्न थाल्छ ।
कजिनी विगत सम्झिन्छे- आज भन्दा पन्ध्र वर्ष अघि म पन्ध्र वर्षकी हुँदा पैतालिस वर्षको यो काजी नाउँको नपुंसक पाजीले मलाई मलाइ बिहे गरेर ल्यायो । अन्धाको हातमा बत्ती भएकी छु, म अहिले ।
कजिनी ठहर गर्छे–  करेलालार्इ गुडको मल जति हाले पनि कहिल्यै गुलियो हुदैन । यो मान्छेको छालाढेको पापको पीण्ड हो । यो समाजले बनाएको पिंजडाभित्र म कुँजिएर बसेकी छु, अब वस्दिन । काजीका कर्तुत र नैतिकहिनतका बारहरु ठड्याएर बनाएको कठघरामा उभिएर सजाय म भोगिरहेकी छु । म आफूलाई जलाएर यो पापीलाई न्यानो र उज्यालो कति दिउँ ।   आफूलाई ओछ्याएर यो कुकर्मीलाई कति कुल्चाउँ । यसको पाप र कुकर्मलाई यो समाजबाट लुकाएर म भित्रभित्रै कति पखालिरहुँ । हुन त यो समाज आफै अन्धो छ, बहिरो छ । न यो समाजले सत्य देख्न सक्छ, न सत्य सुन्न सक्छ त्यसैले त पापका यी पीण्डहरु समाजमा पुजित हुन्छन् । यो समाज पापीहरुको अनुचरको भीड हो । जहाँ पापको पूजा र काजी जस्ता पापीहरु पूजित हुन्छन् ÛÚ
पाँच वर्षअघि टुलनी मुसहरनीले भनेका कुरा कजिनीका मष्तिष्कका दोहोरिन थाल्छन् । एउटा भयाभव कथाको डरलाग्दा दृष्यहरु मानसपटलमा फनफनी घुम्न थाल्छन् । पीडाका अनेक भँगालाहरु मिसिएर हृदयभरी टिलपिल हुँदा पनि सहनशीलताले थामेका सम्पूर्ण बाँधहरु एकाएक सबै भत्किन्छन् । छताछुल्ल हुन्छन् आवेगहरु । । कजिनीभित्र अब भैरवी रुप अवतरण भैसकेको छ । उनका आँखालाई रक्तिम आवरणले ढाकिससेको छ । कपाल असरल्ल फिजिएको छ । क्रोधका सम्पूर्ण  रंगहरु पोतिएर अनुहार रातो पिरो भएको छ । दाह्रा किटेकी छे । मुठ्ठी बटारेकी छे । रिस र घृणाले शरीर थरथरी काँपेको छ । भित्रभित्रै अग्नि प्रलय भएको छ । टुकीको मधुरो अँध्यारोमा काजी कजिनीको अनुहार पढ्न सक्दैन । बाहिर औंसीको अँध्यारोले रातलाई सर्लक्क निलेको छ । कजिनी सन्दुकबाट बन्दुक निकाल्छे । काजी थरथरी काप्न थाल्छ ।
मौन कजिनी काजीतिर एककोहोरो हेरिरहन्छे । काजीको भयभित अनुहारप्रति उसलाई दया जागेर आँउछ । काजीको काखमा बन्दुक फ्यात्त फ्याकेर मध्यरातमा कजिनी घरबाट निस्कन्छे ।
क्रमश दोस्रो भाग ।
(अभिव्यक्ति)

2 comments:

  1. भैरवी कजिनीका दमित कामेच्छाहरुको सुन्दर प्रकाशन हो । असामान्य मनोदशाबाट गुज्रिरहेकी कजिनी आफ्ना यौनजटिलताहरुकी सिकार भएकी छे ।सामाजिक परम्परा पृस्ठभूमिमा रहेको यस कथामा यौनप्रतिकहरुको प्रयोग नेपाली सामाजिक चलनसँग जोडेर कुशलतापूर्वक गरिएको छ जो अत्यन्त स्वाभाविक र जीवन्त ढङ्गले गरिएको छ । काजीबाट अतृप्त कजिनीको यौन उन्माद भैरवी बन्दै गएको देखिन्छ । बलिष्ठ हली , साँढे , बोका आदि सबै दमित वासनाको प्रकाशनमा सहयोगी बनेर एकातिरबाट र काजी असहयोगी बनेर अर्कातिरबाट कजिनीको मानसिक अवस्थालाई क्रमशः सामान्यबाट असामान्यतर्फ विकसित गराउँदै गरेको घटनाक्रमको विकास निकै रोचक छ ।

    ReplyDelete
  2. It seems just a basic instinct than explicit sexual desire of Kajini.She respects and follows the rules of orthodox society despite of her deprived,traumatic and unjustified life.Coming across with Jalbire triggers her all suppressions.Now how will she defend for justice balancing herself ??
    Can't wait to read next episode of Bairabi.Thanks Shiva ji for giving opportunity to read such a wonderful story.

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !