Sunday, December 19, 2010

नआऊ सामू यो रात पनि……….


शिव प्रकाश
नआऊ सामू  यो रात पनि, पिएर बिताउँछु
पारेर छिया छोडेको  मुटु, सिएर  बिताउँछु ॥


बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥


उर्लेर आई  ती भेललाई, बगायौ  कति  रात
धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥


मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
बिर्सन  सबै  ढुंगाको  रुप, जिएर  बिताउँछु ॥


पिएर सधैं मातेर बस्छु, ती  मात मेट्नलाई
जलेर  आफू प्रकाश केही, दिएर विताउँछु ॥

डिसेम्बर १९, २०१० ।

3 comments:

  1. really beautiful and sensational gazal.Hope, will get to listen with fine music and vocal..good luck Shiva ji.

    ReplyDelete
  2. सुन्दर गजल । शिव जि धेरै पछी आए है क्षामा चाहन्छु ।

    ReplyDelete
  3. गजलमा पिउनु भए पनि साच्चैको जिबनमा त नपिउनुस है !
    त्यो कुरालाई तपाइले पिउने होइन कि त्यो कुराले तपाइलाई पो पिउछा त !
    यति गहिरो गजल लेख्ने मान्छेले त्यस्तो पिरमा पौडिन पनि त जान्नु भ कै होला नि ---
    तपाइको शु - स्वास्थ्यको कामना गर्ने शुभ चिन्तक पाठक .

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !