Monday, January 17, 2011

लड्दा लड्दै जिन्दगी यो…


शिव प्रकाश

लड्दा  लड्दै आफैसँग लडिसकेछ  आफैं
उकली त्यो जिन्दगीले चढिसकेछ आफैं ॥

जँघार  ती कति कति तर्न बाँकी छ अझै
सोच्दा सोच्दै सँघारमा अडिसकेछ आफैं ।

ठान्दा ठान्दै पल्टाउँछु  जिन्दगीका  पाना
कुर्दा कुर्दै  भोलीलाई  सडिसकेछ  आफैं ।

झार्छु  भन्थे जुन तारा  आकास तिर हेरी
हेर्दा हेर्दै ज्योती आफ्नै डढिसकेछ आफैं ॥

डाक्छु  भन्थे मधुमास  जिन्दगीमा  फेरी
भन्दा भन्दै  उमेर यो बढिसकेछ  आफैं ॥

बोस्टन अमेरिका । १७ जनवरी २०११ ।

2 comments:

  1. ramailo gajal kekhnu bhayecha jindagai ko barema. jati sache pani kaha rokina sakincah ra you umer , haina ta?

    ReplyDelete
  2. यो बारको जिन्दगी यस्तै भयो, नेपालीयन जी । हरौं बाँकी.......thank you.

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !