Monday, January 31, 2011

जलाई आफ्नै चिताको आगो...

शिव प्रकाश
नसुन्नु  प्रिये  कहिल्यै  म   मरेको   गीत  हो यो
नपढ्नु प्रिये  कहिल्यै  म  हारेको  प्रीत हो   यो ।।

छाडेर  गयो    मायाले   तर    छाँयाले   धाइरह्यो
अध्यारो भित्र लुकेर  बस्छु  अझै  त्यो  आइरह्यो
पाप हो भन्छन् अर्कालाइ मार्नु मार्दैछु आफैलाई
चिताको आगो ताप्दैछु आफ्नै जलाई आफैंलाई ॥

धरतीकी    रानी     बनेर   बस     मलाई   विर्सेर
आकाशको तारा   बनेर  हेर्छु   तिमीलाई सम्झेर
जितमा  तिम्रो   खुशी  छु  आज   आफैँमा  हारेर
खुशीका  पीडा   पिएर  बस्छु   आफैंलाई  मारेर ॥

बोस्टन अमेरिका । जनवरी ३१ २०११ ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !