Thursday, February 3, 2011

जहाँ म जन्मे नेपली भई...

शिव प्रकाश
जहाँ म  जन्मे  नेपाली  भई,  मर्न  पाउँ   त्यही नेपाली भएर,
धरतीमा मैले पहिलो  पाइला, टेकेको  माटो  छातीमा टाँसेर ।

धरतीमा अर्को  कहाँ छ संसार, हिमाल  सधैं  मुस्कुराइरहने ?
मगमग गुराँस छातीमा फुलाई , सौन्दर्य-सन्देश फैलाइरहने
अविरल बग्छन् मेची  र  काली, भातृत्वभाव  फिजाई संसार
तराई – पहाड   हिमाल  सबै,   भावना  एउटै,  एउटै  बिचार ।।

विर्सन्न कहिले काखको माया, कोखको  भार नेपाली भएर
जिन्दगी वितोस्  बिहान  सधैं,  आँखाले  मेरा  नेपालै   हेरेर
घरदेश-परदेश  जाँ'  रहे  पनि,  गर्न पाउँ  सेवा नेपली  भएर
स्वर्ग हो त्यही नेपाल मेरो,  मर्न पाउँ  आमा पाउमा  छोएर ।।
अक्टोबर २०, २०१० बोस्टन ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !