Friday, February 4, 2011

खुला छन् वधशाला सधै...

शिव प्रकाश
खेती छ नारा जुलुसको  बन्द छन्,  यी  पाठशाला  सधैं
उब्जा छ हत्या र हिंसाको खुला छन्, ती वधशाला सधैं ॥

मुछिन्छन्  देउता पनि ती  कहिले,  राजनीतिमा  त्यहाँ
खुल्दैनन् ढोका मन्दिरका खुला छन्, ती मदशाला सधैं ॥

सघन   अन्धकार   भित्र   डुबेछ,   भय - त्रासमा  शहर
अँध्यारो  भित्र झलमल्ल खुलै छन्,  ती यौनशाला सधैं ॥

छोडेर  मलाई   मेरो  देश गएको,  हो  कि  त्यो  परदेश
पसेको   हो   कि   परदेश   सम्झेर,   प्रयोगशाला   सधै ।।

लाग्दैछ   देश  मेरो  अझै  त्यही हो,  नेपाल त्यो  एउटै
बन्दैछ  तर  त्यो पराईको  सुलभ,   व्यायामशाला सधै ।।

अक्टोवर ०३, २०१० । बोस्टन  ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !