Monday, February 7, 2011

आँखा-आँखाका हेराई..


शिव प्रकाश


आँखा-आँखाका हेराई  कोही आफन्त कोही पराई
मान्छे-मान्छेका हसाँई  मुस्कानभित्र पीडा लुकाई

दोषी भएछ आज कसरी   निर्दोष देख्छ आफूलाई
दोषी नजरको  दोष हो   देखिन्न  मनको  गहिराई
बसेको हुन्छ  नानी बनेर   कसिंगार भई  खस्दछ
भन्दैन साथी टेकेर छाती    हाँसेर  मान्छे हिड्दछ

अरूको मुटु  बालेर मान्छे   रमाउँछ  अगो तापेर
सुखको तृष्णा मेटाउछ मान्छे अरूकै आँशु पिएर
कति हो कति लालची-स्वार्थी धरतीमा  यी आँखा
आँखै भो शत्रु आँखै भो मित्रु  आँखामा   आँखाका ।

फेब्रुअरी ०७ २०११ । बोस्टन ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !