Friday, February 11, 2011

मनले मन टोक्दा.....


शिव प्रकाश

चिन्न सके मनको साथी हुन्छ अर्को मन 
चिर्न खोजे मनको छाती रून्छ अर्को मन


असल मित्र  भित्र पनि भिन्न अर्को मन 
मनले मन डस्दा साह्रै  दुःख्छ अर्को मन

विश्वास जिती मन जिती, जिती सबै कुरा
कपट जाल  मन मनै   बुन्छ अर्को मन

लिलाम गरी  वस्तु  सरी   बेची आफैलाई
इमान, खोटा सिक्कासँग गुन्छ अर्को मन

मानव छैन  मान्छे भित्र  मन भित्र  मन
रोदन, तिम्रो खुसी मानी सुन्छ अर्को मन

कोमल भन्थे मित्र मन ढुंगो जस्तो किन ?
"प्रकाश" भए  मन भित्र  छुन्छ अर्को मन ।

बोस्टन, अमेरिका ।

2 comments:

  1. शिब जी म तपैँका सिर्जनाहरुबाट धेरै मोहित हुन्छु । सायत वर्षदिन पनि बित्यो साहित्यिक चिनजान भएको । प्रत्येक रचनाहरुले यो पाठकलाई लठ्ठ पार्ने गर्छ । यो मनको बयान शेरहरुले झनै आफैँ भित्रका कुराहर तपैँको सिर्जनामा हेर्न पाएँ, दिल खुश । बिशेष तखल्लुसले हुरुक्कै पार्यो हौ शिव जी ।

    "कोमल भन्थे मित्र मन ढुंगो जस्तो किन ?
    "प्रकाश" भए मन भित्र छुन्छ अर्को मन ।".....वाऽऽऽऽऊ क्या बाद । निखारिएको कलमको करामत हेर्न पाईरहुँ शिव जी । धन्यबाद।

    ReplyDelete
  2. विश्वास जिती मन जिती, जिती सबै कुरा
    कपट जाल मन मनै बुन्छ अर्को मन
    मनको द्वैध चरित्रलाई उदाङ्गो पारिदिनु भयो । मीठो गजल शिब प्रकाश जी ।

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !