Wednesday, March 9, 2011

नदेखेको भए सायद ……

 शिव प्रकाश
नदेखेको भए सायद खोज्ने थिएनन् यी आँखाले !
नभेटेको भए सायद   रोज्ने  थिएन  यो मनले !


हिड्नु थियो कुल्चिएर  पुज्नुको त्यो  के भो अर्थ ?
ढुंगो आखिर  ढुङ्गै भयो, मान्नु पर्यो किन व्यर्थ ?
खोस्नु थियो यदि भने  आखिर किन दिनु पर्यो ?
मार्नु थियो   फेरि भने  पाल्नु नैं पो किन पर्यो ?


जानु थियो    भत्काएर   बनाउनु  आखिर किन ?
तोड्नु थियो    सबै नाता   लगाउनु  फेरि किन ?
लानु थियो  रित्याएर   यो मन् मुटु   सबै चुडी
आउनु किन  आफ्नो बनी  जाने भए पीडा छोडी ?

मार्च ९, २०११ ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !