Wednesday, April 6, 2011

त्यो मुख !

शिव प्रकाश


सन्मुख हुँदा त्यो मुख हजूरको
मीठो मात्र बोल्छ किन ?
विमुख हुँदा त्यै मुख नजरको,
तीतो मात्र ओकल्छ किन ?
थाक्दैन अगाडि त्यो मुख किन,
रोजी रोजी मीठो मात्र बोल्न ?
चुक्दैन पछाडि उही मुख किन,
खोजी खोजी खराब मात्र खोतल्न ?
अमृत राखी अलिकति मुखमा
बोल्छ मधुरवाणी समीपमा,
विषघडा बन्छ उही मुख
छाड्दैन विष घोल्न पेटमा  Û
मान्छे उही, मुख उही हजूरको
गिद्धको शरीरमा पखेटा मुजुरको  Û
कहिले छेपाराको र जस्तो
कहिले चिप्लेकीराको सिङ जस्तो
उही मुख अगाडि-पछाडि फरक कस्तो ?

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !