Wednesday, April 13, 2011

जिहाद

शिव प्रकाश

भनेको थिएँ मरिसक्यो मान्छे त्यो धरतीमा थियो एउटा
धोषणा गर्छु    आज फेरि    उसले अवतार   लियो एउटा ॥

छेड्यो जिहाद  भस्मासुर  विरुद्ध इमानको  शस्त्र उठायो
सल्कायो आगो   एकाएक   बनेर रामेश्वर    दीयो एउटा ॥

जन्मियो आँखा दुबै खोली देशमा न्यायमूर्ति राम प्रसाद
घोचिरह्यो ती    दुष्टलाई बनेर   सधै विषालु  सियो एउटा ॥

किन्न सकेनन्  ती भ्रष्टले नियम नैतिकता  निष्ठा तिनको
बचाइ अमूल्य  स्वाभिमान उखेले असूरको   मियो एउटा ॥

सज्जन को छ ? अन्धकार देशमा अधोरी त्यो रुप सबको
कसको  देखाउँ   अनुहार   असल  भनेर  म    इ, यो  एउटा !

(सच्चा देशभक्त प्रशासक रामेश्वर खनाल र अटल देशभक्त न्याय प्रदायक रामप्रसाद श्रेष्ठप्रति समर्पित)

अपि्रल १३ २०११ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !