Friday, April 15, 2011

सन्मुख हुँदा हजूरको ....

शिव प्रकाश


सन्मुख हुँदा यो मुख मीठो मात्र बोल्छ किन  ?
विमुख हुँदा त्यै मुख तीतो मात्र खोल्छ किन  ?

अमृत  वाणी  मुखमा   सामू   हुँदा  हजूरको
आफन्त ठानी  पेटमा विष मात्र धोल्छ किन  ?

पर्खन्न रंग बदल्न छिन्मा छिन  मुख भिन्न
मनको सारा  दूर्गन्ध खोजीखोज झोल्छ किन  ?

छेपारो बरु  पर्खन्छ  रंग फेर्न   त्यो  मौसम
छिनको न्यायो  पाउन आफैलाई  पोल्छ किन  ?

सन्मुख हुँदा यो मुख मीठो मात्र बोल्छ किन  ?
विमुख हुँदा त्यै मुख तीतो मात्र खोल्छ किन  ?


अप्रिल १४, २०११ बोस्टन अमेरिका

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !