Sunday, April 24, 2011

हारै हारको हार पहिरी...



शिव प्रकाश

हारै हारको  हार पहिरी हाँसेको छ   जिन्दगी
धारै धारको दोधार टेकी बाँचेको छ जिन्दगी ॥

रमायो मान्छे हारेर आफू जितमा त्यो अरुको
भारै भारको बोकेर भारी नाचेको छ जिन्दगी ॥

रोकेर कति रोकिन्छ प्रभा  प्रवल त्यो नदीको
बारै बारको  बारमा बेरी भाँचेको छ जिन्दगी ॥

रोपेथ्यो फूल  उम्रियो काँडा अस्विकार गर्नु के
झारै झारको बन्जार बनि साँचेको छ जिन्दगी ॥

गुनको बैरी सकेन किन  मान्छे बन्न मानिस
मारै मारको मारमा परि फाटेको छ जिन्दगी ॥

अप्रिल २४, २०११ बोस्टन अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !