Wednesday, May 4, 2011

कति प्यारो कति प्यारो


शिव प्रकाश
कति प्यारोकति प्यारोमुटु भन्दा माटो प्यारो
घर-देशको  दुःख भन्दा  पर-देशको  सुख गाह्रो ।।

कोही  छैनकेही छैन  मनले मेरो आफ्नु भन्ने 
मान्छेबीच नाता छैन  कोही  छैन आफ्नु ठान्ने 
चुहिएको  छानो  राम्रो,  भत्किएको  गारो  राम्रो
पराईको महल  भन्दा  आफ्नै छाप्रो  कति राम्रो  ।।

  गुराँस  फुलेको ,   हिमाल हाँसेको 
आफ्नै देशको माटो सम्झी जिन्दगानी बाँचेको 
गुन्द्रुक,ढिडोसिन्की खा, हाँसेको त्यो मुहार राम्रो
हिमालपहाड ,तरा हाम्रो कति राम्रो कति राम्रॊ  ।।

मे ०४, २०११ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !