Thursday, May 5, 2011

लड्दैछु म आफैंसँग…


शिव प्रकाश

लड्दै छु  आफैसँग   हराई   आफैंलाई
खुशी छु  आफैसँग  जिताई आफैंलाई

जित्नु छैन  तिमीलाई जित्नु  मैले मलाई
आफ्नै द्वन्दी  आफैंसँग  बनाई आफैंलाई

हिड्दा हिड्दै  एउटै बाटो  दुईटा भयो आज
हिड्दै छु  आफैसँग  डोर्याई आफैंलाई

मित्र भित्र  अर्कै चित्र  सर्पको   रुप साथी !
रम्दै छु  आफैसँग  भूलाई   आफैंलाई

राम्रो हुन्छ   धेरै कुरा   असल  हुन्न किन ?
सोध्दै छु  आफैसँग  देखाई   आफैंलाई

मान्छे हुँ तिमी जस्तै  मानव बन्न गाह्रो
लुक्दै छु   आफैंसँग  लुकाई  आफैंलाई


मे ०५, २०११ बोस्टन, अमेरिका

1 comment:

  1. आफै आफै लडेर सकिने भइम, अब के गर्नी होला त ?

    ReplyDelete

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !