Thursday, May 26, 2011

हाँसो दिइ आँशु लिएँ

शिव प्रकाश
हाँसो दिइ आँशु लिएँ  जिन्दगीमा उपहार
खुसीसँग पीडा साटेँ आफ्नै हार स्वीकारेर ।

हारै हारको उपहारले जिन्दगीलाई सजाएर
पीडै  पीडा   पकाएर    भित्र भित्रै   रुवाएँर
हाँसी दिएँ तिम्रा सामू  खुसी केही  देखाएर
खुसीसँग पीडा साटेँ आफ्नै हार स्वीकारेर ।।

कोही अर्को आफूभित्र मनमुटुमा लुकाएर
बाहिरी त्यो रुप तिम्रो  भित्र कोही  छुपाएर
मारी दिएँ तिम्रै लागि  आफैंलाई जलाएर
खुसीसँग पीडा साटेँ आफ्नै हार स्वीकारेर ।।


मे २६, २०१० बोस्टन अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !