Tuesday, July 19, 2011

प्रेम - पराग

शिव प्रकाश

    देखेर प्रिये  तिमीलाई  रहर  पलायो  मनमा
    मेटियो तृष्णा क्षणभर तिर्सना जगायो मनमा ॥

    कोरिए धर्सा प्रणयका मेटिए रेखा ती  लाजका
    पोतेर प्रेम - परागले  तस्वीर  बनायो  मनमा ॥

    फक्रियो फूल यौवनको फैलियो वासन्ती वासना
    चोरेर एक मनले  अर्को  मन  सजायो  मनमा ॥

    लजायो जून  दुईमनको  देखेर मधुर  मास त्यो
    लुकेर घाम  गोधुलीमा  भावना बसायो मनमा ॥

    देखेर प्रिये  तिमीलाई  विचार  पलायो  मनमा
    मेटियो तृष्णा क्षणभर तिर्सना जगायो मनमा ॥

    जूलाई १९, २०११ ।

1 comment:

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !