Tuesday, July 26, 2011

नशा बनी नसा नसामा...


शिव प्रकाश
नशा बनी नसा नसामा बगिदिन्थ्यौ प्रिये
प्यासी बनी मदहोसीमा पिइदिन्थ्यौ प्रिये ।।

आउँथे म आकाश बनी तिमी सामू  सधैं
सधैं तिमी धरती बनी ओढिदिन्थ्यौ प्रिये ।।

फूल सम्झी  भमरा भई  भूल गर्दा मैले
फूलै बनी जिन्दगीमा फूलिदिन्थ्यौ प्रिये ।।

संसारमा अर्कै सुन्दर  संसार थियो हाम्रो
मेरो मनको शहर तिमी बनिदिन्थ्यौ प्रिये ।।

आँखा भरि सपना बनी जिन्दगीमा छायौ

मुटु अन्तै मुखले किन मरिदिन्थ्यौ प्रिये ?

जूलाई २६, २०११

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !