नाता
शिव प्रकाश
हिजोसम्म दाजु मेरै थियो आज भाउजुको भएछ । दाजु
जस्तै हिजोसम्म भाइ मेरै थियो आज बुहारीको भएछ । दिदी पनि मेरै थिइन्
हिजोसम्म आज भिनाजुकी भइछन् । दिदी जस्तै हिजोसम्म बैनी मेरै थिइन् आज
ज्वाइँकी भइछन् । छोरो पनि मेरै थियो हिजोसम्म आज बुहारीको भएछ । नयाँ नाता आ-आफ्ना सबैका ? सबैका थिए बा-आमा हिजोसम्म आज कसै न कसैका .......!
0 comments:
Post a Comment
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !