शिव प्रकाश
नखाएको विष पनि लाग्दो रै’छ पाप बनी
नबोलेको बचनले 'नि दाग्दो रै’छ श्राप बनी ॥
देउताको रुप भन्थे मान्छेले नै मान्छेलाई
देउतै सम्झी पुजे पनि जाग्दो रै’छ साप बनी ॥
मन दियो, मुटु दियो, दियो श्रद्धा सधैं-सधैं
भष्म पार्न दाउरा अझै माग्दो रै’छ राप बनी ॥
ठूलै देख्यो, ठूलै ठान्यो, ठूलै गन्यो, ठूलै मान्यो
मनमा ठुलै खुर्पा साँधी राख्दो रै’छ दाप बनी ॥
आफूभित्रै आफू लुकाई प्रिय बोल्छ सधैं सामू
आखिर मान्छे मनबाटै भाग्दो रै’छ छाप बनी ॥

जनवरी ०३, २०१२ बोस्टन, अमेरिका ।
very nice gazal
ReplyDelete