शिव प्रकाश
जिन्दगी भन्थे नाटकको पात्र रहेँछु आखिर
नजान्दा नाँच्न मनको काँडो भएँछु आखिर ॥
मौसमी गीत म हैन भन्छु मान्छेको जीवन
नमान्दा गाउन शत्रुमा तिम्रो परेँछु आखिर ॥
फरक कति जीउने कला जीवन र जगत्मा
नबुझ्दा कला विषको प्याला बनेछु आखिर ॥
विजय गर विषाद माथि सपना हो जीवन
सत्य र निष्ठा साँचेर कसुर गरेँछु आखिर ॥
साकार गर कर्तव्य निभाई जीवन-संघर्ष
स्वीकारी हाँक मनमा दुःख भरेँछु आखिर ॥
जनवरी ०५ २०१२ । बोस्टन अमेरिका ।
0 comments:
Post a Comment
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !