शिव प्रकाश
निष्ठा/नैतिकताहरू
निरन्तर
अनुलोम विलोम गरिरहेछन्
स्वार्थका भगद्वारहरूमा
लिंगवत् मान्छेहरूसँगै ।
मूर्तिवत् छन्
ढोका बाहिर
निष्ठाका पुजारीहरू
अण्डवत् अभिव्यक्तिमा
आदिदेवका
बसाहाहरू जस्तै
मान्छेहरू नै ।
विष्टा खाएर के भो त?
निष्ठा खाएका छैनन्
ती कुकुरले
यी मान्छेहरू जस्तो
नेपथ्य बोलिरहेछ–
मान्छेकै आवाज मिसिएको
मान्छैकै बोली ।
मान्छेलाई नै थाह छ–
मान्छे हुनुको मजा
र, मान्छे हुनुको पीडा ।
खुलै छन् विल्हणका आँखा
हेरिरहेछन् मान्छेका
सुखद र दुःखर दुबै दृष्य ।
(अश्रृंगार कविता अभियान)
जनवरी २९, २०१२ बोस्टन, अमेरिका ।
0 comments:
Post a Comment
यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !