Monday, January 30, 2012

गाऊ साथी…..गजब छ



शिव प्रकाश
गाऊ साथी गाऊ  गाउने कला  गजब छ 
मुहार हेरी बाऊ  बाउने कला  गजब छ ।।

कति पोख्त महान् प्रवीण गुण निपुण छौं
जस्ता माथि पराल छाउने कला गजब छ ।।

बाटो एक चल्तीको  अर्को छ बेचल्तीको
पहिलो बाटो सधै  धाउने कला गजब छ ।।

छिन्मा काग छिन्मा  कोइली रुप अनेक
आफैलाई आहा ! दाउने  कला गजब छ ।।

छोप्छ लाज मान्छे मुहार नांगै छ उसको
यस्तो सुन्दर लुगा लाउने कला गजब छ ।।

जनवरी ३१, २०११ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !