Friday, February 10, 2012

ऊ र त्यो

शिव प्रकाश
 उसले उस्तै देख्यो
ऊ र त्यो !

हेर्यो,
धेरै हेर्यो
अन्ततः उस्तै देख्यो
मस्तिष्कका आँखाले पनिऊ र त्यो !

एउटा मान्छे
त्योएउटा पुच्छर !

दिव्य बाह्र वर्ष ढुङ्ग्रामा राख्यो
बाहिर निकाल्यो
फेरि उस्तै 
पहिले जस्तै
बाङ्गोको बाङ्गै
जस्ताको तस्तै !

जिउँदोमा
न लाज छोप्थ्यो
न झिँगा भगाउँथ्यो
तर हल्लिरहन्थ्यो
त्यो पुच्छर !

ऊ जस्तै त्यो
त्यो जस्तै ऊ
हिजो पनि उस्तै
आज पनि उस्तै
र, भोली पनि सायद उस्तै
त्यो पुच्छर जस्तै
जस्ताको तस्तै !

ऊ मान्छे हो
अझै आफूलाई असल मान्छे भन्छ
, ठान्छ ममा जीवन जिउने कला छ !

ऊको पर्याय त्यो
त्योको पर्याय ऊ
ऊ हल्लिरहन्छ त्यो पुच्छर जस्तै !

(अश्रृंगार कविता अभियान)
फेब्रुअरी १०, २०११ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !