Saturday, February 18, 2012

एक अनुत्तरित प्रश्न

शिव प्रकाश 
जोड्यो मिलेन
घटायो मिलेन
गुना गर्यो मिलेन
भाग गर्यो मिलेन !
अंकगणितका नियम लगायो मिलेन
विजगणितका फर्मूला लगयो मिलेन
ज्यामितिका कोणहरुबाट हेर्यो मिलेन
रेखाहरु कोर्यो मिलेन
मिल्दै मिलेन !

अन्तमा
अनन्ततिर चहार्यो
पाइथोगोरसलाई सोध्यो मिलेन
आइन्सटाइनलाई सोध्यो मिलेन
थेल्सलाई सोध्यो मिलेन

मिल्दै मिलेन
मान्छेको मुख र मन
बोली र व्यवहार !

अनुत्तरित प्रश्नको यो पोको
मनमा बोकेर
उत्तरको खोजीमा ऊ अझै भौतारिरहेछ 
र, सोधिरहेछ 
ए मान्छे !
के यसको उत्तर तिमीसँग छ ?

(अश्रृंगार कविता अभियान)
फेब्रुअरी १८, २०१२ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !