Monday, February 20, 2012

नसके पनि सहन पीडा...

शिव प्रकाश
नसके  पनि   सहन तैंले  सहनै  पर्दछ
तलाउ  मनमा  भरेर पनि  बहनै  पर्दछ ।।

चट्टानसँग  ठोकिदै बग्छ  नदी हो जीवन
यात्रामा त्यस्ता दुःखका कति दह नै पर्दछ ।।

मानिसभित्र मान्छेको अर्को विराट् स्वरूप
पगरी गुत्ने  ढेडुका हातमा  मह नै  पर्दछ ।।

छोपिन्न लाज पुच्छरले कैले नांगो छ मुहार
मान्छे भै बाँच्न निष्ठामा मान्छे रहनै पर्दछ ।।

देखिन राम्रो  असल  आफू  असत्य बोल्दैन
भन्दैन लुकाऊँ  प्रकाशर त  कहनै पर्दछ ।।

फेब्रुअरी २०, २०१२ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !