Wednesday, February 29, 2012

खराब अरू देखाई आफू ....

शिव प्रकाश
खराब  अरू    देखाई  आफू    असल  बन्दैछ
खासाको  माल   बेचिने अर्को   पसल बन्दैछ ।।

छोप्नु छ झूठ    एउटा फेरि    झूठकै  कात्रोले
शहरमा अर्को  बालुवाको नयाँ  सत्तल बन्दैछ ।।

बुझ्नु छ आफैं जीवनको मूल्य  अमूल्य कति छ ?
त्यो आत्म–सम्मान् कुल्चाई मान्छे सफल बन्दैछ ।।

सर्पले  दूध    पिएर  पनि    विष  नै  ओकल्छ
सर्पकै  रुपमा   मान्छेको  नयाँ    नसल बन्दैछ ।।

गाईले घाँस     खाएर पनि     दूध नै   दिन्छ है
'प्रकाश'  किन ?  अरुले ताप्ने   मकल  बन्दैछ ।।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !