Friday, March 2, 2012

आफन्त....

शिव प्रकाश 
आफैं हो आफ्नो दुःखको साथी हाँस्दैछ आफन्त
मृत्युमा मेरो  खुशीको माला गाँस्दैछ आफन्त ।।

शत्रुले भन्दा मित्रुले हान्दा झन् दुःख्छ यो मन
पछिलाई सोची झोलीमा ढुंगा साँच्दैछ आफन्त ।।

गर्जिन्छ  जब  दुःखको मेघ   मित्रको  परीक्षा
पर्खेर  क्षण   मयुर  नाच   नाच्दैछ  आफन्त ।।

मधुर गीत  गाउँछ  व्याधा   फकाई  मार्नलाई
विचरो  मृग  ढालेको  खुशी  बाँड्दैछ आफन्त ।।

हेर्नु छ  भने   शत्रुको छाँया   नाताको मुहार
डढाई  यता  दीपक  उता   बाल्दैछ  आफन्त ।।

मार्च ०२, २०१२ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !