Monday, March 19, 2012

अपराध

शिव प्रकाश
मलाई माफ गर मान्छे
म तिमी जस्तो हुन सकिन !
हिजो तिमी
अस्ति जस्तो थियौ,
आज तिमी
हिजो जस्तो छौ,
भोली तिमी
आज जस्तो हुनेछौ !
मान्छे हुनुको अर्थ
आफूले आफूलाई बदल्नु हो
बदल्न नसक्नु 
एक अपराध हो !
तिमी बदलिहरेछौ हरेक दिन
तर म सकिन,
मलाई माफ गर मान्छे
यो अपराधका लागि ।
(अश्रृंगार कविता अभियान)
मार्च १९, २०१२ बोस्टन, अमेरिका

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !