Wednesday, March 28, 2012

महादान

शिव प्रकाश
हामीले सधैं लियौ 
आऊ, आज केही दिऊँ
तिम्रो एउटा आँखो
मेरो एउटा आँखो
ईश्वरलाई दान दिऊँ

आफ्ना आँखाले
हेर्न नसकेको यो संसार
ईश्वरले
हाम्रा आँखाले हेर्नेछन्
रमाउने छन् तिमी र म जस्तै !

मलाई सधैं खराब देख्ने
तिम्रो त्यो दाहिने आँखो,
तिमीलाई सधैं असल देख्ने
मेरो यो देब्रे आँखो
यी दुबै
पत्रु आँखा हुन्
दिऊँ, ईश्वरलाई दान दिऊँ
दानमा प्रायः पत्रु नै दिइन्छ 

यी पत्रु नै हुन्
तर  अंङ्ग हुन्
अङ्गदान महादान हो ।

(अश्रृंगार कविता अभियान)
मार्च २८, २०१२ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !