Thursday, April 5, 2012

सफलता

शिव प्रकाश

त्यसपछि
चढ्नु पर्दैन तिमीले
ती खुड्किलाहरु,
स्वचालित लिफ्टमा
परिणत हुनेछन्
एकाएक ती सिँढीहरु
र, तिमीलाई
पछ्याउदै आउनेछन्
सफलताका जूलुसहरु ।
अपवाद बाहेक
जरुरी एक कुराको मात्र छ–
नारी हौ भने
सुन्दरता,
पुरुष हौ भने
पराधिनता !

(अश्रृंगार कविता अभियान)
अप्रिल ५, २०१२ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !