Tuesday, July 31, 2012

ढिस्को


शिव प्रकाश
उहाँ मान्छे त खासा हो नि ! तर .... !यति भनेर रोकिन्थे मान्छे । केही दिनदेखि ऊ आत्मसंवादमा हराउन थालेको छउसले त्यो तर...को अर्थ धेरै दिन बुझेन
उहाँ त मान्छे खासा हो नि ! तर..!उसको मनमा यही कुरा दोहोरिरन्छ, तेहिरिन्छ । त्यो तर..सँगै अहिले एउटा मान्छेको मूर्त तस्वीर अमूर्त चिन्तनको चक्रमा फन्फनी घुम्दै छ कुमालेको चक्र घुमे जस्तै ।
ऊ सोच्छ– “यो चिन्तन हो कि चिन्ता हो ?” क्षीण निष्कर्श निकाल्छ– “चिन्ता पनि एक चिन्तन हो ।
चक्र एउटा प्रकृया हो । त्यही प्रकृयालाई ऊ पर्खेर बस्छ । चक्र घुमीसकेपछि मात्र थाह हुन्छ त्यसमा घुमेको वस्तुले आकार कस्तो लिन्छ ? सम्भावनाको पूर्ण विघटन हुन्छ वा पुनः उद्घाटन भएर नयाँ आकारमा नयाँ सम्भावाना बन्छ ।
ऊ निवर्तमान विगत तिर परिभ्रमण गर्न थाल्छ । आफ्नो बोझिलो मन र रन्थनिएको मष्तिष्क त्यतै घुमाउन थाल्छ ।
हो, नि त उहाँ मान्छे साह्रै खासा हुनुहुन्छ । सत्य बोल्नु हुन्छ । सत्य लेख्नु हुन्छ । उहाँको कलममा पक्ष र पात दुबै छैन तर... !उहाँका बारेमा सुनेका लघु टिप्पणीले त्यो खासामान्छे उसलाई झन् खासा लाग्छ । त्यसमाथि पुरानो चिनजान ।
समयको कुचक्रले गुडाउँदै उसलाई संसारको कुनै टाढा कुनामा लगेर थेचारे पनि मनले सधैं नजिक मानेको हुन्छ, दाइ ठानेको हुन्छ उहाँलाई ।
उसलाई एउटा कुरा थाह थियोविलियम वट्लरले रविन्द्रनाथ टैगोरको गीताञ्जली नचिनाएको भए सायद नोवेल पुरस्कार प्राप्त हुने थिएन । कृतिको उज्यालोलाई पाठकका आँखासामू ल्याएर प्रकाशवान् बनाउन भूमिकाको भूमिका र समीक्षको समीक्षा कति हुन्छ भन्ने कुरा ! जैमलीका विलियम वट्लर उनै दाइलाई मान्छ । देउता भेटे जस्तो हुन्छ ।
विन्ति विसाउँछ– “दाइ, भूमिका लेखिदिनु प¥यो ।
ए भइहाल्छ नि, कहिले चाहियो ?” अग्राखको चुरो जस्तो बलियो ढाडस पाउँछ दाइबाट । उत्साहले भरिपूर्ण ढुक्क मनले धन्यवाद दिन्छ दाइलाई ।
एक हप्ताभित्रमा भए हुन्छ । आफ्नै दाजु ठानेर भनेको हुँ, अन्यथा नलिनु होला ।लटरम्म फलले झुकेको वृक्ष जस्तो श्रद्धाले झुकेको आफ्नो भावनाको शिर झुकाउँछ दाइप्रति ।
ए भइहाल्छ नि । एक हप्ता त मेरो लागि काफी हो ।अहिले झन् इस्पात जस्तै दह्रो आँट पाउँछ । अभिमानले छाती ढक्क फूल्छ । उही दिन पाण्डुलिपी दाइकहाँ पु¥याउँछ । विदेशबाट ल्याएको एउटा सानो उपहार सहित ।
अनि दाइ, ..... खै..ऽ अरु त म के भनुँ, दाइलाई .....!
ए भइहाल्छ नि । बुझेँ, बुझेँ । मैले सबै बुझेँ । म राम्रोसँग पढेर लेख्छु । अनि यताउता जे गर्न पर्छ भै हाल्छ नि ।
दाइको ढाडसले आरिसेहरुको पनि मेख मर्ने भयो भन्ठान्छ । मनको ढिस्को चुलिएर पहाड भएको अनुभूत गर्छ । दाइको त्यो असीम समर्थनलाई अमूल्य प्राप्तिको रुपमा लिन्छ ।
ठीक हप्तादिनको दिन दाइको फोन आउँछ ।
भाइ, आज वानेश्वरतिर कतै भेटुम् न एक बजेतिर ।
हुन्छ दाइ म..।उ दाइले भनेको ठाउँमा पुग्छ ।
क्या गजब मान्छे ! क्या अमेरिकन टाइम ! ल जाउँ कतै बसौ ।
उ पछि लाग्छ । नजिकैको एउटा रेष्टुरेन्टमा दाइसँगै छिर्छ । दुबै आमनेसामनेको बस्छन् ।
केही खाउँ अनि सुनौ हैफिसिक्क हाँस्दै दाइको अभिव्यक्तिमा सर्मथनको मुन्टो हल्लाउँछ । दाइले अर्डर गर्नु हुन्छ । चिसो कार्लवर्ग वियरको विर्कोेको पुऽक्क आवाजसँगै भूमिका वाचनको आवाज दाइको मुखबाट निस्किन थाल्छ । मुखमुद्रा चाँदनीले पोतिएको छ ।
भूमिकामा लेखिएको हुन्छ– “उनको लेखनमा पूर्ण गम्भीर्यता छ र जीवन र जगललाई हेर्ने इमान्दार प्रयत्न पनि । त्यसैले उनका रचनाहरु जुनसुकै विधाका किन नहुन् नेपाली साहित्यको समसामयिक मूलधारका सक्रिय स्रष्टाहरुका सिर्जनाकै लहरमा समतुल्य उभिन सक्ने छन् । लेखन, प्रकाशन र पठनपाठनको केन्द्र राजधानीबाट धेरै टाढा रहेर पनि साहित्यको मूलधारसँग सामर्थवान् हैसियतले जोडिइरहन सक्नुलाई सानो उपलब्धी ठान्नु हुन्न ।दाइले पढेको सुनेर ऊ भुइँमा न भाँडामा हुन्छ । भित्रभित्र उम्लिन्छ ।
दाइका नजरमा ठूलै कथाकार भएपछि अरु के चाहियो ? आत्माभिमानले चुलिन्छ । एकैछिनमा स्वास्नीलाई फोन गरेर सुनाउँछ दाइले लेखेको भूमिका केही भाग । स्वास्नी पनि फुरुक्क पर्छे । स्वास्नीको फूक्र्याइँले आत्मगौरवको ताप शरीरमा ह्वात्तै बढ्छ ।
फूर्ति लाउँदै स्वास्नीसँग भन्छहेर नयना, उहाँले हत्पत कुनै किताबलाई राम्रो भन्नु हुन्न तर.. मेरो त अपवाद नै भयो नि । अब यो किताब बजारमा हटकेकनै हुन्छ । हेरी मात्र राख न कति मारामार हुन्छ ! त्यसमाथि पनि नारी यौन मनोविज्ञान अनि नामै पनि कहिल्यै मान्छेले अनुमान नै गर्न नसकेको, सुन्दै नसुनेको । अझ त्यसमाथि दाइले त झन् असाध्यै मन पराएको नाम जैमली। स्वास्नीको नाकले घिरौंलाको साइज लिन्छ ।
दाइ, तपाइँले अरु पनि एसो के के पर्छ सहयोग गर्नु पर्छ है । म त धेरै वर्ष भो बाहिर बसेका यहाँ धेरै मान्छे पनि चिन्दिन ।फेरि दाइलाई श्रद्धाको एउटा खादा ओढाउँछ ।
, भइहाल्छ नि । म सबै गरिहाल्छु नि भाइका लागि ।दाइको हंसमुख झन् हँसिलो हुन्छ ।
अनि दाइ यी कथा के साच्चै कथा जस्ता छन् त ? म जस्तो बाहिर बस्नेका लागि खासै पढ्ने सामाग्री पनि हुदैन त्यसैले लेखन पनि अलि कमजोरै हुन्छ जस्तो लाग्छ ।उसले यथार्थ बताउँछ ।
यी कथा, कथा जस्ता मात्र हैन, अब्बल छन् । अहिलेका समकालीन कथाका मूलधारमा आउने कथा छन् । चिन्तै नगर भाइ । म त्यसै भूमिका लेख्छु ? राम्रा भएर नै लेखेको ।
मनको ढिस्कोसँगै उसको आत्मअभिमान झन् चुलिन्छ । डायस्पोरामा मात्र हैन देशकै समकालीन कथाकारको लाइनमा आफूलाई अग्रपंङ्तिमा देख्छ ।
भूमिका लगेर प्रेशमा बुझाउँछ । भट्टीमा पसेर दुईबोतल वियार एक्लै बजाउँछ । रमरम हुन्छ । मनमनै मनग्गे कुरा गर्छदाइ जस्तो चर्चित समीक्षक, तीखो टीप्पणीकार त्यसमाथि अब्बल भूमिका लेखक । अब मेरो किताब... साच्चै हटकेकनै हुने भो । स्वप्नलोकमा विचरण गर्न थाल्छ ।
एउटा असल मान्छे हुनलाई कतिको नजारमा कति कमसल भएर बाँच्नु पर्छ ? यस्तै हुन् दाइ पनि । यस्ता असल मान्छेलाई किन कतिले देखीसहदैनन् ? किन धारे हात लाउँछन ? दाइलाइ जति महान् उ कसैलाई देख्दैन ।
भोलि पल्ःटै दाइको फोन आउँछ । हिजोकै जस्तो उही बानेश्वरमा भेट्ने कुरा हुन्छ । हिजोकै ठाउँमा भेट हुन्छ । हिजोकै ठाउँमा गएर हिजो पिएकै कार्लस्वर्ग पिइन्छ । हिजो भूमिका पढिएको थियो आज अर्थोक कुरा मात्रै हुन्छ– “कथा अब्बल छन् । चिन्तै नगर भाइ ...।यस्तै यस्तै तर दाइको अनुहारमा हिजोको जस्तो उज्यालो जून छैन कताकति ग्रहण लागेको जस्तो छ आज ।
दाइ अरु पनि केही कुरा गरांैगरौं गर्दै हुनुहुन्छ तर रमरम भएपछि दुबै छुट्टिन्छन् ।
भोलिपल्ट फेरि दाइको फोन आउँछ । उही हिजोकै ठाउँमा भेट्ने कुरा हुन्छ । उ त्यही ठाउँमा पुग्छ । अभिवादनको आदानप्रदान हुन्छ । एकछिन दाइका छेउमा चुपचाप उभिन्छ तर आज दाइले हिजो र अस्तिको जस्तो रेष्टुरेन्टा जाउँ भन्नु हुन्न  । अर्थोकै के के कुरा गर्न खोजे जस्तो गर्नु हुन्छ तर गर्नु हुन्न । बोल्न खोजे जस्तो गर्नु हुन्छ तर बोल्नु हुन्न । रसहिन हाँसो हाँस्नु हुन्छ । अनकनाउनु हुन्छ फेरि रोकिनु हुन्छ । बेथा लागेर पनि खोल्न नसके जस्तो । निसृःत हुदैन बेथा बनेर बसको भावना ।
उसलाई कुरा बुझ्न अलि गाह्रो गाह्रो हुन्छ तै पनि अनुमान भने लाउँछ– “कुरा पक्कै दुम्डीको हुनुपर्छ !
दाइ केही खास कुरा थियो कि ?” उसले मुख फोर्छ । भन्नु भए भइहाल्छ नि म तपाइँकै भाइ त हो नि ।निस्पृह आवाजमा बोल्छ ।
खै के भन्ने यत्रो मेहनत गरेको छु...... ।दाइको हिजो र आजको बोलीको लवज फरक भए पनि एउटै अन्तरवस्तु भएको महशूस गर्छ ।
हैन दाइ, मैले त्यो कुरा त प्रमेशलाई भनिसकेको छु । किताबको सबै काम उसैले गरेको छ ।सबै कुरा दाइलाई बताउँछ ।
दाइको अनुहारमा दुःखको छायाँ झल्किन्छ । मनमा पीडाले घर बनाएको घरको धूरी निधारका धर्सामा झल्किन्छन् । धर्सा झन् गहिरा हुन्छन् ।
दाइलाई त्यो कुरा भेडालाई पेडा जस्तो हुन्छ मन पर्दैन । दाइले ठाडै मुख फोर्नुहुन्छ– “म किन प्रमेशको पछि लाग्ने ? यो डीलत तिमीसँग भएको हो नि ।जिब्रोले ओठ भिजाउनु हुन्छ ।
हुन्छ दाइ केही छैन तर अहिले त मैले बोकेर आएको छैन नि । फोनमा पनि दाइले केही भन्नु भएन ।उ रित्तै गएको छ । लाचारी व्यक्त गर्छ । ट्याक्सी भाडा पनि छैन ।
छोटो समयमै दाइमा कताकति विचलन आएको जस्तो लाग्छ उसलाई । सगरमाथा जस्तो बनेको मनको त्यो ढिस्को अलिकति होच्चिए जस्तो हल्का आत्मसंकेत हुन्छ ।
म त यसरी सधै त्यसैको पछि लागेर हिड्न सक्तिन नि ।दाइको निर्वन्ध भावले सम्वादको बाटो छेक्ला जस्तो हुन्छ । सम्बन्धको बटबृक्ष ढल्ला जस्तो हुन्छ ।
फेरि दाइप्रतिको उसको अन्र्तविश्वासले भन्छ– “दाइलाई तैंले खुशी बनाउनु पर्छ । खुशीमा चल्ने धन्दा हो यो पनि । साहित्यमा पनि फौबन्जारी प्रसस्तै चलेको छ । बजार साहित्यिक फौबन्जारीको छ । फिरिङ्गा ताल छ ।उसले त्यही बुझेको छ ।
हुन्छ नि दाइ, उसोभए घरमा जाउँ न त । त्यसपछि ... त्यतैबाट तपाइँ रत्नपार्क तिर लाग्नु होला नि ।दुबै बस चढेर एयरपोर्ट तिर लाग्छन् । तत्काललाई दाइको मनोरोग विसेक हुन्छ । अँध्यारो पोतिएको अनुहारमा एकाएक उज्यालो लपक्कै ढाकिएर आउँछ । ज्योर्तिमय बन्छ त्यो अनुहार ।
खुसुक्क प्रमेशलाई फोन गर्छ । ए प्रमेश, दाइलाई कति दिने हँ ?”
किन दिनै पर्छ र ? आफ्नै दाइ जस्ता हुन् लिन्छन् के ? फेरि रिसाउलान् नि के मैले पैसाका लागि लेखेको हो ? पैसाको फूर्ति देखाउँछस् भनेर ! विचार गर है ।
तर केही त दिनु प¥यो नि । आखिर संसारमा कसले के नै गर्छ र सित्तैमा । गराउनु पनि हुन्न ।
किन यति उति कुरा भएको छ र ?”
छैन तै पनि ?”
प्रमेश अनकनाउँछ । प्रमेश यथार्थ भन्दा टाढा छ । प्रमेशलाई ऊ यो यथार्थबाट टाढै राख्न चाहन्छ र भन्छ– “ ल म टेककेयर गर्छु ।
दाइको आतिथ्यका लागि दुई बोटल कार्लस्वर्ग वियर मगाउँछ । गिलासमा खन्याउँछ । दाइसँग ट्वाङ्ङ गिलास बजाउँछ र सोध्छदाइ कति टक्र्याउ त ? तिर्खाको उँटले पानी पिए जस्तो गरि वियर पिउँछ ।
ए मैले ........भन्दा कम लिने गरेको छैन ।दाइका आँखमा आफ्ना आँखा दौडाउँछ । ती आँखामा आफ्नो हैन पैसाको तस्वीर देख्छ । जिल्ल परेर एकछिन् हेरिरहन्छ । बोल्दैन । उसलाई पत्यार लाग्दैन दाइले दिल्लगी गरेको हो कि साँचो हो !
हो, मैले यो भन्दा कम लिने गरेकै छैन ।अहिले दाइको मुख हैन मन नै बोल्छ । दाइको मागले ऊ छाँगाबाट खसेजस्तो खङ्रङ्ङ   हुन्छ । अनुहार सालको सुकेको पात जस्तो हुन्छ । फेरि पनि बोल्दैन पीडामिश्रित हाँसो खिसिक्क हाँस्छ । सहमतिको भारी टाउको हल्लाउँछ ।
दाइले मागेको रकम..... भूमिका लेखे वापत....? उ एकछिन अलमलिन्छ । प्रमेशको वाक्य दाइले लिन्छन् के, रिसाउलान् निसम्झन्छ । मनमनै हाँस्छ । मनको हाँसो अनुहारतिर कताकति छछल्किन्छ ।
हो, भन्या तेस्तो राम्रो लेखेको छु, कथाको बारेमा त्यस्तो वर्णन गरेको छु, त्यति त लिने नै गरेको छु ।हाँसोमा हाँसो थप्दै दाइले थप पुष्टाइँ गर्नु हुन्छ । दाइको मागले भित्रभित्रै सिङजुरो नपलाएको हैन तर मान्छेको मूल्यांकल एउटैमात्र कुराले गर्नु हुदैन भन्ठान्छ । अर्को कोठामा जान्छ । खाममा पैसा हालेर ल्याउछ, दाइलाई दिन्छ । दाइले सोझै भित्री पकेटमा खाम कोच्याउँनु हुन्छ ।
अब एउटा वियार पिउँ अनि लागूँ ।दाइको अनुहारमा खुशीको म्याराथन चल्छ । तँछाड मँछाड गर्दै रोमाञ्चक तरङ्ग अनुहारभरी दौडन्छन् । सादय मनको व्याट्री फूल चार्ज हुन्छ ।
दाइलाई विदाइ गर्छ । दाइ बाटो लाग्नु हुन्छ । ऊ माथि छतमा गएर दाइलाई हेर्छ । घरबाट निक्लेर कुइँनेटामा पुग्ने वित्तिकै दाइ रोकिनु हुन्छ । भित्री खल्तीबाट खाम निकाल्नु हुन्छ । थुक लाएर पैसा गन्न थाल्नु हुन्छ । सन्तोषको मुन्टो हल्लाएर बाटो लाग्नु हुन्छ । त्यो देखेर उसको पेटको हाँसो मुखबाट फुत्किन्छ तर मन दुःखी हुन्छ  ।
पानीका फोका फुटे जस्तो उसका विश्वासहरु एक एक गरेर फुट्दै छन् तर पनि ऊ तिनलाई जतनले बचाउँदै लाने प्रयत्नमा लागिरहन्छ । महाभारतको अश्वस्थामा नर थियो वा कुञ्जर थियो दोणचार्य रनभुल्लमा परे जस्तो हन्छ उसलाईके ती तिनै दाइ हुन् ? देखेको मान्छे र भोकेगेको मान्छेमा कति फरक ? एउटा प्रश्नको झटोरो रन्थन्याउँछ उसलाई ।
विमोचनमा दाइले फेरि मुफ्तकण्ठले कथाको प्रशंसा गर्नु हुन्छ ।
मैले यो कथा संग्रहको भूमिकामा सबै कुरा लेखिसकेको छु । स्तरिय कथाहरुको संग्रह हो भन्छु यसलाई म । शक्तिशाली कथाहरु छन् ।
अरुले पनि यस्तै प्रशंसा गर्छन् तर दाइलाई कसैले भेट्दैनन् ।
क्या चित्ताकर्षक शैलीका कथा !विमोचनमा सबैले आफ्नो कृतिको प्रशंसा गर्दा उ झन् मख्ख पर्छ । नपरोस पनि किन ? गलामा फूलको मला मनभरी प्रशंसाको माला ! उम्दागुणवत्ता कृतिमा गनिन्छ उसको कृति त्यहाँ । वेलुका दाइसँगै बसाइ हुन्छ । मान्छे भन्दा वढी हुन्छन् रित्ता बोतहरु । सँगुरको कुनै आइटम नखाए पनि रेष्टुरेण्ट वील पनि ह्याम्पसायर जातको सँगुर जस्तै मोटै आउँछ ।
छोटामोटा समीक्षा छापिन्छ । जे भए पनि कृतज्ञता भरी मनले दाइलाई धन्यावाद नै दिन्छ ।
धरतीमा भरखरै पोखिएको नयाँ वर्ष सन् २०१२ को अखबारी रमझ सकिएको छैन । एक अखबारमा दौडिरहेका उसका आँखा एउटा स्तम्भमा टक्क रोकिन्छन् । हतारहतार पढ्छ । तमाम किताब र लेखकका पङ्तिमा उनै दाइले उम्दा ठानेको आफ्नो कृतिको नाउँ खोज्छ भेट्दैन । दोहो¥याएर पढ्छभेट्दैन । स्वास्नीतिर हेर्दै भन्छबामू, जमैलीको पुनर्मृत्यु .... ! पीडाविम्बित मुद्रामा मुर्झाएको मुहार उठाउदै भन्छमरीसकेकी जैमली कथामा जन्मिएकी थिई, फेरि मरी । बोल्दाबोल्दै धाँटीमा ठूलो हड्डी अड्किए जस्तो हुन्छ, रोकिन्छ ।
आफुलाई भ्रम भएको हो कि भन्ठान्छ । स्वास्नीलाई पढ्न लाउँछ । उसले पनि दोहो¥याएर पढ्छे । स्याउ जस्तो रसिलो स्वास्नीको  अनुहार चाउरिएको च्याउ जस्तो हुन्छ । सन् २०११ मा छापिएका तमाम कृति र सुन्दर अनुहार र औकात भएका कृतिकारका नाउँ छन् तर जैमली छैन ।
खिस्याउने र हौसाउने साथीभाइको कमी हुदैन । देखिस् त जोकर भइस कि भइनस् ? आफैले भूमिका लेखेको किताबलाई पनि कसैले विर्सन्छ ? कि तेरो खाम पातलो थियो ? कि दाइले पक्कै तेरोभन्दा बढी मानसम्मान .... अरुबाट पाउनु भएछ कि क्या हो ?” यस्ता इमलेफोन  धेरै आउँछन् । भलो कुभलो दुबै चाहनेहरुबाट व्यङ्ग्यवाणहरु धेरै खेप्छ । वाँणशैयामा सुतेका पिताम्मह जस्तो देख्छ आफूलाई ।
दाइको आलेख पढेपछि इमेल पठाउँछ । इमेलमा आफ्नो दुःखेको चित्तको तस्वीर शब्दले लेख्छ । फेसबुकको म्यासेज बक्समा पीडाका अँध्यारा रंगहरु पोत्छदाइबाट कति पनि सहानुभूति पाउँदैन । अरुबेला जसरी रेस्पन्स पाउँथ्यो ऐले त्यो केही छैन । शून्य सीताराम !
हुन त पैसाको दूर्गन्धले स्वाभिमानको सुगन्धलाई मार्न कतिबेर पो लाग्छ र ? किताब छाप्ने आफ्नो कटमेरो अनुभव उल्टा दिशामा दौडिएको जस्तो लाग्छ उसलाई । झुसिल्कीराबाट पुतली हैन कि पुतलीबाट झुसिल्कीरा तिर अवतरित हुन लागे जस्तो लाग्छ ।
आदरले चुलिएको मनको त्यो सगरमाथा गर्लम्म ढलेर ढिस्कोमा परिणत हुन्छ हुँदा हुँदै चिसो सुममा बदलिन्छ । त्यो अमूर्त चिन्तनको चक्र रोकिन्छ । सम्भावनासँगै एउटा अवतार विघटन भए जस्तो लाग्छ । घेरैबेर सन्तप्त हुन्छ । गहिरो अनुभूतिमा निक्कैबेर हराउँछ । बल्ल थाह पाउँछ– “मान्छेको सच्चा स्वरुप बेहोरे पछिमात्रै देखिन्छ ।यस्तै केही अन्य तथ्या र तस्वीहरु प्नि मस्तिष्कमा नाच्छन् ।
एकाएक कवि होर्केको भनाइ सम्झिन्छ ः संसार कति बेकार छ हेर्नुस त मान्छे फस्र्ट क्लासमा यात्रा गर्छन् किताब माल डिब्बामा ।
चित्त बुझाउँछमैले पनि त्यस्तै कतैको थोत्रो डिब्बा भर्न कागजको नाश मात्र गरेँछु ! धन्यवाद दाइ ।
फेसबुकमा स्ट्याटस लेख्छ–“बल्ल थाह भो हाम्रा लेखकसमीक्षकहरु के खाएर लेख्दा रहेछन् ?

जनवरी २१, २०१२ बोस्टन, अमेरिका ।
(नेपाल साप्ताहिक)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !