Friday, October 5, 2012

बिर्सेर फेरि सम्झियो आज


बिर्सेर फेरि सम्झियो आज विर्सिन्छि कसरी ?
लुकार्इ काँडा  फुल्दछ फूल  देखिन्छ कसरी ?
चिनिन्छ जब मान्छेको मन लाग्दैन सम्झन
फुटे झैं फोका फुट्दछ भाग्य लेखिन्छ कसरी ?
उपहार एउटै  दिएर जान्छ अन्ततः मान्छेले
सौगता भनी घात नै खिर खै दिन्छ कसरी ?
चोरको बैरी  चन्द्रमा भयो  के दोष जुनको
शत्रु नै मित्रु,  मित्रु नै शत्रु चिनिन्छ कसरी ?

बस्दैन चरी  रूखमा रित्तो  फलको सले
डडेलो लाग्या  वनमा मृग  भेटिन्छ कसरी ?

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !