Sunday, November 11, 2012

योद्धासँगै लड

शिव प्रकाश

योद्धासँगै लड, लड्नु नै छ भने
सगरमाथै चढ, चढ्नु नै छ भने ।।

मजा होस् जैलै, जित्दा जितको
काँडा टेक्दै बढ, बढ्नु नै छ भने ।।

लज्जा नहोस् कैल, हार्दा हारको
इमानमा अड, अड्नु नै छ भने ।।

आफैंलाजित, जित्न अरूला
आफैलाई पढ, पढ्नु नै छ भने ।।

योद्धासँगै लड, लड्नु नै छ भने
सगरमाथै चढ, चढ्नु नै छ भने ।।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !