Friday, November 30, 2012

पहिचान

शिव प्रकाश
चिन्नु थियो- चिन्यौ
चिन्नु थियो- चिने  !
हिजोसम्म
एउटा यात्रा
बढाउनै परेनबढिरह्यो
अन्जानमा/जानाजानमा
नचिनेरै चिने जस्तो
चिनेर ’नि नचिने जस्तो
कस्तो प्रेमपूर्ण ?
बिराला र मुसाको खेल जस्तै !
अन्ततः
चिन्नु थियो– चिनियो
अब छुट्टिन
पुग्नु पर्दैन दोबाटो
मूलबाटो नै चिर्न सकिन्छ
एकाघरका भाइले धूरी चिरे जस्तै !
सायद यस्तै हुन्छ
मान्छेसँग मान्छेको चिनजान
मान्छेमान्छेबीचको पहिचान
थहा छैन
मलाई र तिमीलाई  चिन्न
कति वर्ष लाग्छ अरूलाई ?
सर्पको खुट्टा मान्छेले नदेखे जस्तै !

(अश्रृंगार कविता अभियान....)
नोभेम्बर ३०२०१२ । हालः बोस्टनअमेरिका 


No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !