Thursday, November 8, 2012

शहर जस्तै भएछ शहर छिरेपछि

शिव प्रकाश
मान्छे जस्तै थियो त्यो मान्छे
शहर छिर्नु अघि
शहर जस्तै भएछ 
शहर छिरेपछि,  !

सुकिलो बनेको छ
नुहाएर शहरको कुरुप सभ्यतामा
रगत हैन,
नसानसामा अहिले
टुकुचा र हनुमन्तेहरु बग्न थालेका छन्
जमेको छ मनमा
बागमतीको बाक्लो पिँध
छलल्किएको छ मस्तिष्कमा
विष्णुमतीको झन् बाक्लो छाल
फेरिएको छ आँखाको ज्योति
उस्तै भएका छन् ती आँखा
शहरका जस्तै
, आफूलाई शहर जस्तै देख्न थालेको छ
ठूलोठूलो झन् ठूलो !
शहरका ती क्रुर आँखाले
मान्छेलाई सानासाना झन् साना देख्न थालेका छन्
, आफू बाहेका अरु सबैलाई चिन्न छोडेका छन् !

बलियो भएको छ अहिले
शहर जस्तै बलियो
अपलोड गरेर डिलिट गरिसकेको छ
आफ्नै छातीभित्रको
त्यो न्यानो, त्यो सुकोमल मनमुटुलाई
, डाउनलोड गर्दै छ
शहरका सँस्कारहिन साइबरहरुबाट
इँटाढुङ्गाका मनमुटुहरु
रडसिमेन्टका इच्छाचाहनाहरु
, साट्दै छ शहरका रौरव रातहरुसँग ।
शहरमा
भोक छ, भोग छ 
काम छ, कम्प्युटर छ
, ऊ छ !

मान्छे जस्तै थियो त्यो मान्छे
शहर छिर्नु अघि
शहर जस्तै भएछ 
शहर छिरेपछि,  !

-अश्रृंगार कविता अभियान...)
नोभेम्बर ०८, २०१२ बोस्टन अमेरिका



No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !