Friday, November 9, 2012

उपमा बनु म

शिव प्रकाश




मान्छे हुँ, मान्छे भई, मान्छेकै रुपमा रहुँ म
प्रार्थी छु, हे ईश्वर ! मान्छेकै उपमा बनु म ।।

मुखले मित्रता कस्तो मनमा साँधेर शत्रुता
नबनु घातक बरु, पीडाको धूपमा जलुँ म ।।

देखाई खराब अर्को असल बन्दछ मानिस
पचाई सरम सारा, कसरी दूधमा तरुँ म ?

इज्जत, इमान, निष्ठा आर्जन जीवन भरको
बेचेर कसरी सबै थुकेको थुकमा परुँ म ?

नहाँसु कहिले कहीँ कसैको हृदय  रुवाई
जलाई आफैंलाई, प्रकाश भूपमा छरुँ म ।

हालः बोस्टन, अमेरिका । नोभेम्बर ०९, २०१२

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !