Tuesday, December 25, 2012

आफ्नो बनाउन


शिव प्रकाश

धेरै धेरै  कति धेरै  सुम्पिदियो  आफ्नो  बनाउन
थोरै  पनि  कति  धेरै  भइदियो  नाता  टुटाउन !

झिँगो सँधै घाउ खोज्छ  माहुरीले खोज्छ फूलैफूल
उस्तै हुन्छ  टाढा हुँदा सकिदैन फरक छुट्याउन ।।

प्रयासमा  आफ्नो हैन अप्ठ्यारोमा टेकी  अघी बढ्छ
जित सम्झी क्षमालाई थाल्छ मान्छे आफ्नै गीत गाउन ।।

लागी रन्थ्यो प्रेमले नै भरेको छ घडा सम्बन्धको
स्वार्थ भरी  पूर्ण रै प्रेम रैछ मात्र  देखाउन ।।

बनावटी देखावटी मिसावटी  मान्छे  कतिवटी ?
मान्छे नै हुँ लाज लाग्छ आफुलाई मान्छे भनाउन ।।

डिसेम्बर २५, २०१२ बोस्टन, अमेरिका 

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !