Thursday, July 18, 2013

राम्रो मान्छे

शिव प्रकाश
ऊ राम्रो हैन,
असाध्यै राम्रो छ,
राम्रो मान्छेले जे नि गर्छ
, जे नि गर्ने मान्छे नै राम्रो हुन्छ ।
ऊ हिजो नि, जे नि गर्थ्यो
आज नि, जे नि गर्छ
खासै फरक छैन हिजो र जमा
फरक मात्र एउटै छ
हिजो ऊ सियो भएर जे नि गर्थ्यो
आज ऊ फाली भएर जे नि गरिरहेछ ।
जे नि गर्ने राम्रो मान्छे
सन्मुख हुँदा नि, जे नि गर्छ
विमुख हुँदा नि, जे नि गर्छ ।
ती नराम्राहरुलाई के थाह
कति गाह्रो छ राम्रो हुन ?
कति ठूलो शक्तिm र साहस चहिन्छ ?
कति षड जोडिएका यन्त्र चलाउने
शिल्प र सामर्थ्य चाहिन्छ ?
पुग्दैन त्यतिले मात्र
चाहिन्छ ठूलो त्याग र वलिदान पनि
बनाउनु पर्छनिष्ठा र नैतिकतालाई
लाज्जा र स्वभिमानलाई हाँसीहाँसी शहीद ।
हो, जे नि गर्नु पर्छ राम्रो हुन
त्यसैले राम्रो मान्छे
जे नि गर्नाका लागि जे नि गर्छ !
बुझेको छ राम्रो मान्छेले
अहिले मान्छेलाई असल हैन, राम्रो चाहिएको छ
त्यसैले ऊ राम्रो मात्र गर्छ ।

(अशृङ्गार कविता अभियान....)

हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !